सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँके र बर्दियामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम

बाँकेका ढकेरी र खजुरा, बर्दियाका रम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।

फाइल तस्वीर

बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका रम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।

आगामी तीन घण्टा यस क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकोले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीसमेत आउन सक्ने जनाइएको छ । खोला आसपास र होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १०:५४