सूचनाको शक्ति - The Power Of Information

        

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङमा सेती नदीले सडक कटान गरेको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जालेवगरमा सडक कटान हुन थालेको छ । अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन् । पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ ।

गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल बर्षासँगै आएको बाढीले बगाएको उक्त सडक खण्डको पुनःनिर्माणको काम नसकिँदै फेरी मंगलबार राती बगाएको हो । सडक बगाउँदा धनगढी, काठमाडौं लगायत बाहिरी जिल्ला जाने र जिल्ला भित्रिने यातायातका साधनहरु वारिपारी रोकिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ०९:०५