सूचनाको शक्ति - The Power Of Information

        

आठ लाख ८५ हजार राशीको टिकटक प्रतियोगिता

कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ ।

प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ । पहिलो बिजेताले एक लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो (दुई जना) प्रतिब्यक्ती एक लाख नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ती ७५ हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ती ४० हजार र पाचौं (पाँच जना) प्रतिब्यक्ती ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक सशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।

भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्यरुपमा @SY_NEPAL मा TAG गर्नुपर्नेछ भने HASHTAG को रुपमा #synepal #sayyes गर्नुपर्नेछ । भदौं १० गते पुरस्कार वितरण गरिनेछ भने पुरस्कार रकममा लाग्ने कर बिजेता स्वयंले ब्यहोर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको कम्पनीको दावी छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १३:३६