सूचनाको शक्ति - The Power Of Information

        

अनुसन्धान

‘फ्रोजन मासुमा कोराना भाइरस एक महिनासम्म बाँच्न सक्छ’

प्याकेज गरिएको मासुजन्य पदार्थ कोरोना भाइरस (सार्स–कोभ–२) को संक्रमण फैलिएको क्षेत्रमा उत्पादन हुने गरेको पाइएको छ ।

चिसोमा जमाइएको मासु वा अन्य खानेकुरा सुरक्षित हुन्छ भन्ने आमधारणा छ तर त्यसो नहुने रहेछ । वैज्ञानिकहरूका अनुसार कोभिड–१९ को भाइरस सार्स–कोभ–२ रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा करिब ३० दिनसम्म बाँच्न सक्छ र यसले संक्रमण निम्त्याउन सक्छ ।

अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नल एप्लाइड एण्ड इन्भाइरोन्मेन्टल माइक्रोबायोलोजीमा प्रकाशित एउटा नयाँ अध्ययनले सार्स–कोभ–२ भाइरस रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा एक महिनासम्म बाँच्न सक्ने देखाएको छ ।

वैज्ञानिकहरूले सार्स–कोभ–२ सँग मिल्दोजुल्दो भाइरस भएका कुखुरा, विफ, पोर्क र साल्मन माछामा यो अनुसन्धान गरेका थिए । उनीहरूले यी उत्पादनहरूलाई ४ डिग्री सेल्सियस पर रेफ्रिजरेशन गर्नुका साथै माइनस २० डिग्री सेल्सियसमा फ्रिजरमा राखे ।

अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता एमिली एस बेलीका अनुसार मासुलाई फ्रिजमा ३० दिनसम्म भण्डारण गर्न नसके पनि फ्रिजरमा लामो समयसम्म भण्डारण गर्न सकिन्छ । बेलीको भनाईमा यो भाइरसले एक महिना जमेको अवस्थामा राख्दा संक्रमण सर्ने पत्ता लागेको छ ।

पहिले मानिसमा भाइरस नदेखिए पनि कोभिड–१९ को प्रकोप दक्षिणपूर्वी एसियाका ती ठाउँहरूमा फैलिरहेको थाहा पाएपछि भाइरस मानिसहरूबाट नफैलिएकाले यसको फैलावटको कारण पत्ता लगाउन वैज्ञानिकहरूले यो अनुसन्धान सुरु गरेका थिए । उल्लेखनीय कुरा के छ भने यो भाइरसबाट हुने रोग कोभिड–१९ ले विश्वलाई नै आफ्नो चपेटामा पारेको छ ।

स्थिति साह्रै खराब भएपछि विश्व स्वास्थ्य संगठनले मार्च २०२० मा कोभिड–१९ को महामारीलाई विश्वव्यापी महामारी घोषणा गर्यो । त्यसयता यो महामारीले ५६ करोड ४० लाख मानिसलाई संक्रमित गरिसकेको छ भने अहिलेसम्म करिब ६३.८ लाख मानिस यस महामारीबाट मरिसकेका छन् ।

यस सम्बन्धमा बेलीका अनुसार ती ठाउँमा प्रकाशित रिपोर्टमा ती ठाउँमा प्रयोग गरिने प्याकेज गरिएको मासुजन्य पदार्थ कोरोना भाइरस (सार्स–कोभ–२) को संक्रमण फैलिएको क्षेत्रमा उत्पादन हुने गरेको पाइएको छ । यस्तो अवस्थामा यी मासुजन्य पदार्थहरू यो भाइरसको संक्रमणको सम्भावित स्रोत हुन सक्छन् ।

अध्ययनको नतिजा ?

त्यसपछि यो भाइरस चिसो वातावरणमा लामो समयसम्म बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाउनुपर्ने भयो । यस अनुसन्धानको नतिजाले यो सार्स–कोभ–२ भाइरस फ्रिजमा वा जमेको मासुमा एक महिनासम्म बाँच्न सक्ने कुरा स्पष्ट गरेको छ ।

यद्यपि अनुसन्धानकर्ताहरूका अनुसार चिसो ठाउँमा यो भाइरस भण्डारण गर्दा तिनीहरूको संख्यामा कमी आएको देखिएको छ । तर चिसो तापक्रममा भन्दा रेफ्रिजरेसनमा संख्यामा कमी आएको देखिएको थियो । वैज्ञानिकहरूका अनुसार यो अनुसन्धान पनि महत्त्वपूर्ण छ किनभने सार्स–कोभ–२ भाइरसले हाम्रो आन्द्रा र श्वासप्रश्वासको नलीमा पनि प्रतिकृति बनाउन वा मुउटेशन गर्न सक्छ ।

यो अध्ययनका क्रममा, वैज्ञानिकहरूले आरएनए भाइरसका साथमा जनावरहरूमा पाइने अन्य दुई कोरोनाभाइरसहरू तथा मुरिन हेपाटाइटिस भाइरस (एमएचवी) र ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरसलाई सरोगेटको रूपमा प्रयोग गरेका थिए । यस्तो अवस्थामा, वैज्ञानिकहरूको भनाइमा खाद्य वस्तुहरू प्याकेजिङ र भण्डारण गर्दाको समयमा यी भाइरसहरूको सम्पर्कमा नआओस् भनेर ध्यान दिनु आवश्यक छ । यसका साथै, प्याकेजिङ गर्नु अघि खानामा रहेका भाइरस र कीटाणुहरूलाई कीटाणुरहित गर्न आवश्यक छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०९:५८