सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा लागुऔषध मुद्दाका फरार २ जना पक्राउ

बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं.१० बस्ने २० वर्षीय सुदिप चौधरी र वडा नं.१५ बस्ने ३२ वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

सुदिप चौधरीमाथि बाँके जिल्ला अदालतको मिति २०७८ माघ ३० गतेको फैसलाले लागू औषध मुद्दामा २८ दिन कैद र अजयकुमार चौधरीमाथि जिल्ला अदालतको मिति २०७८ मंसिर ०८ गतेको फैसलाले लागुऔषध मुद्दामा ९ महिना २१ दिन कैद सजाय तोकिएको थियो ।

उक्त सजाय पश्चत उनीहरु दुवै जना यसअघिसम्म फरार रहेको बाँके प्रहरीले जनाएको छ ।

दुवैलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १७:३५