सूचनाको शक्ति - The Power Of Information

        

इन्टरनेट नहुँदा जिल्ला प्रशासनको कामकाज ठप्प

इन्टरनेट र सर्भर नहुँदा जिल्ला प्रशासन कार्यालय बझाङको विद्युतिय राहदानी र राष्ट्रिय परिचयपत्रको कामकाज शुक्रबारदेखि ठप्प भएको छ ।

जिल्ला प्रशासनबाट कार्य सम्पादन हुने राहदानी सम्बन्धी काम, राष्टिय परिचय पत्र बनाउने काम ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालयका दर्ता अपरेटर निलम खड्काका अनुसार शुक्रबारदेखि सर्भरमा समस्या आउँदा सयौं सेवाग्राहीका कामकाज ठप्प भएका हुन् ।

१४ दिनअघि राष्ट्रिय पचियपत्र बनाएर राहदानी बनाउन काठमाडौं हिँडेका वित्थडचिर गाउँपालिका–२ लिमका मोहन बोहराले हालसम्म राहदानी विभागमा जाँदा जिल्ला प्रशासन कार्यालयले डाटा इन्ट्री नगरेको हुँदा राहदानी प्रक्रिया रोकिएको गुनासो गरेका छन् ।

उनीजस्तै सयौं सेवाग्राहीका काम ठप्प रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल टेलिकमको इन्ट्ररनेटले पानी परे यता राम्रोसँग काम नगर्दा आफूहरुलाई काम गर्न असहज भएको अपरेटर खड्काको भनाई छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ०७:४४