सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज गुलरिया सडकखण्डमा ठूलो दुर्घटना

 नेपालगञ्ज गुलरिया सडकखण्डमा ठूलो दुर्घटना भएको छ । यद्यपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट खजुरातर्फ जाँदै गरेको बसले स्कुटी, अटो र पैदलयात्रुलाई ठक्कर दिँदै सडकबाट तल खसेको छ ।

प्रदेश ३–०१–००६ नम्वरको बसले भे १ ह १०३२ नम्वरको अटो, भे ९ प ५४३१ नम्वरको स्कुटीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । तीमध्ये तीन जनालाई गहिरो चोट लागेको छ ।

बसको ठक्करबाट स्कुटी चालक खजुरा गाउँपालिका ४ की ४५ वर्षीया लक्ष्मी शाह, अटो चालक खजुरा गाउँपालिका ७ का ३५ वर्षीय रामसेवक यादव, १६ वर्षीय हनिस खाँ र पैदल हिडिरहेका सोही स्थानका ३५ वर्षीय इस्माइल साइ घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । तीब्र गतिको बसले विपरीत दिशाबाट आइरहेको स्कुटी, अटो र पैदलयात्रुलाई सोहर्दै लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार १७:२६