सूचनाको शक्ति - The Power Of Information

        

स्कटल्यान्डसँग खेल्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजअन्तर्गत दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।

घरेलु टोली स्कटल्यान्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । ​

स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न चाहन्छ ।

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । आजको खेलमा जित निकाले नेपाल तालिकाको पाँचौँ स्थानमा उक्लने छ।

यता स्कटल्यान्ड आजको खेलमा नेपाललाई हराउँदै पहिलो हारको बदला लिने दाउमा हुनेछ । स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ ।

नेपालले सिरिजमा नामिबियासँग दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

नेपाल लिग टू को अङ्क तालिकाको छैटौं स्थानमा छ ।  नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अङ्क जोडेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार ०९:१०