सूचनाको शक्ति - The Power Of Information

        

जिन्दगीभर धुमपान गर्नेहरूलाई कहिल्यै हुँदैन फोक्सोको क्यान्सर

वैज्ञानिकहरूले आजीवन चुरोट पिउनेहरूलाई किन कहिल्यै फोक्सोको क्यान्सर हुँदैन भन्ने रहस्य पत्ता लगाएका हुन सक्छन् । यो वाक्यांश शायद मूर्खतापूर्ण पनि देखिन सक्छ, किनभने चुरोटलाई फोक्सोको क्यान्सर निम्त्याउने पहिलो प्रमुख कारणको रूपमा हेरिने गरिन्छ ।

सुर्तीजन्य उत्पादनको सेवनका कारण ९० प्रतिशत मानिसको ज्यान जाने गरेता पनि, आजिवन धुमपान गर्नेहरू भने कुनै न कुनै तरिकाले फोक्सोको क्यान्सर हुनबाट बच्ने गर्छन । अब विज्ञानले अन्तत यस्तो किन हुन्छ भन्ने पत्ता लगाएको हुनसक्छ ।

‘नेचर जेनेटिक्स’मा प्रकाशित नयाँ निष्कर्षकाअनुसार डिएनए मर्मत हुने जिनले केही धुमपान कर्ताहरूलाई फोक्सोको क्यान्सर हुनबाट जोगाएको हुनपर्दछ । अनुन्धानकर्ताहरूले धेरै धुमपान गर्नेहरूमा कहिल्यै फोक्सको क्यान्सर विकास नभएको तिनीहरूमा अन्तर्निहित एउटा फाइदा फेला पारेका छन् ।

तिनीहरूले फोक्सोमा रहेका कोषहरू समयसँगै उत्परिवर्तन अर्थात म्युटेड हुने सम्भावना निकै न्युन रहेको पत्ता लगाएका छन् । किनभने चुरोट पिउनेहरू मध्ये केहीमा डिएनए मर्मत जिनहरू निकै सक्रिय रहन्छन् । केही धुमपानकर्तालाई किन कहिल्यै फोक्सोको क्यान्सर हुँदैन भन्ने प्रश्नको उत्तर शायद यस रोचक निष्कर्षले दिन सक्छ ।

अनुसन्धानकर्ताहरूले अध्ययनमा संलग्न ३३ जना व्यक्तिको ब्रोन्काइल वसल सेलका जेनेटिक प्रोफाइल अध्ययन गरेका थिए । अध्ययनमा सहभागि सबै ११ देखि ८६ वर्ष उमेर समूहका थिए । ति मध्ये १४ जनाले कहिल्यै चुरोट पिएका थिएनन् भने १९ जना मध्ये केहीले हल्का, सामान्य र निकै धेरै मात्रामा चुरोट पिउने गरेका थिए ।

बैज्ञानिकहरूले ति सहभागिहरूका फोक्सोको सतहका कोषहरू संकलन गरेर तिनीहरूको जेनोम्समा म्युटेसनको मापन गरिएको थियो । परिणामले ति कोषहरू वर्षौंसम्म जिवित रहेको पाइयो । अल्वर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनले उमेर बढ्दै जाँदा पनि निरन्तर त्यहि गतिमा धुमपान गर्नेहरूमा म्युटेसन जम्मा हुन सक्ने जनाएको छ ।

अझै रोचक कुरो, वैज्ञानिकहरूले २३ वर्षसम्म दिनको एक प्याकेट चुरोट पिउनेहरूमा कोषको म्युटेसन हुने गति र त्यसबाट हुने खतरा धेरै रहेको पाए भने फेरी त्यहि तिव्र गतिमा कोषको म्युटेसन हुने कारणले जिन्दगीभरि चुरोट पिउनेहरूलाई कहिल्यै फोक्सोको क्यान्सर नहुने गरेको पनि भेटाएका छन् । यसको प्रमुख कारण कोष म्युटेसन क्यान्सरको ट्युमरमा परिवर्तन हुनअघि नै डिएनएले शरिरलाई मर्मत गर्न सक्नु हो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार ०८:०९