सूचनाको शक्ति - The Power Of Information

        

फेरिँदै दर्जन जिल्लाका एसपी

प्रहरी प्रधान कार्यालयले एक दर्जन जिल्लामा एसपीको हेरफेर तयारी थालेको छ । एक वर्ष अवधि पुगेका र बढुवाका कारण रिक्त हुन लागेका जिल्लामा हेरफेर हुन लागेको हो ।

यसपटक मोरङ, कास्की, मकवानपुर, बाँके, बारा, रौतहट, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका प्रमुख फेरिदै छन् । कास्कीका एसपी रमेश थापा अमेरिका तालिमका लागि जिल्लाबाट बिदा भइसकेका छन् ।

त्यस्तै, मोरङका राजन अधिकारी, मकवानपुरका सुरेन्द्र गुरुङ, बाराका दिलिपसिंह देउवा, रौतहटका बिनोद घिमिरे, कपिलवस्तुका दानबहादुर कार्की तथा डोटीका शारदा प्रसाद चौधरी बढुवा भएपछि ती जिल्लाका एसपी रिक्त छन् । रिक्त जिल्लामा सरुवाका लागि तिव्र प्रतिस्पर्धा छ ।

एसपीहरु कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी, आभूषण तिमल्सिना, सन्तोषसिंह राठौर, होबिन्द्र बोगटी, श्यामकुमार महतो, सुदर्शन कोइराला, सविन प्रधान, गंगा पन्त, कमल थापा लगायत मुख्य जिल्लामा प्रमुख दाबेदार छन् ।

तर, केही बदनाम एसपीहरुले पनि बाँके, मोरङ, कास्की जानलाई बालुवाटारमार्फत दबाब दिइरहेकाले सरुवामा ढिलाई भएको स्रोत बताउँछ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १३:५८