नेपालको राजनीति आभारा बनेको भन्दै सञ्चारकर्मी प्रेम बानिया मैदानमा उत्रने भएका छन् । उनले अब विश्वभर रहेका नेपालीहरुलाई खबरदारी र चुप लागेर नबस्न आह्वान गरेका हुन् । जय स्वाभिमान टेलिभिजन कार्यक्रम चलाएर एक समय चर्चित बनेकाa संचारकर्मी प्रेम बानियाले संघियताप्रति वितृष्ण पोखेका छन् ।
हाल अमेरिका रहेका उनले भयंकर महंगो वस्त्रमा नेपालमा संघीयता नाँचेको पनि देखियो भन्दै असन्तुष्टि पोखेका हुन् । मुलुकमा विकृति विसंगति र भ्रष्टाचार बढिरहेको सन्दर्भमा अब कुनै नेपालीले सहेर बस्न नहुने उल्लेख गर्दै जागरुक हुन नेपाली जनतालाई अपिल गरेका छन् ।
उनले अब जय स्वाभिमान अभियानलाई विश्वभरबाट अझै शशक्त ढंगबाट अगाडी बढाउने भन्दै लेख्छन् ‘संसारभर छरिएर रहनुभएका प्रिय साथीहरु, भयंकर महंगो वस्त्रमा नेपालमा संघीयता नाँचेको पनि देखियो ! समृद्धि यात्राको मूलजिम्मेवारीमा लज्जास्पद प्रदर्शनहरुसँगै एकपछि अर्को सरकारले हामी जनतालाई बिरालोले मुसा खेलाएुसरी खेलाईरहेको पनि देखियो ।’
‘व्यवस्था बदल्ने नाममा हाम्रा हजुरबाउदेखिका जीवनहरु कत्लेआम भए । अब हाम्रो पुस्ताको आधा जीवन पनि यसै भड्खालोमा गयो । एउटा सानो अनुमान गर्नुस् त, तीन करोड चानचुन जनसंख्याको झण्डैझण्डै एक तिहाई अर्थात् करिब एक करोड जनता (भारतमा समेत) गरी बेचेको छ देशले,’ उनले लेखेका छन् ।
उनले थप लेखेका छन्, ‘देशका खेतबारीहरु कि त बाँझै छन्, कि त प्लटिङङमा परेका छन् । हरवस्तु आयात गरेर बाँच्नुपरेको छ, अर्बौं रुपियाँ विदेशिएको छ । स्वदेशी उद्योग कलकारखाना समेत कत्लेआम नै गरियो । कुनै पनि देशको जीवनमा यो असाध्यै पीडा र चरम जलनको अवस्था होइनरु अब चुपचाप नबसौं, जहाँजहाँ हुनुहुन्छ, त्यहीँबाट बोल्न थालौं ।’
‘अब आफू त परदेशमा परियो भनेर तपाईंको आवाज देशमा नसुनिने समय रहेन । त्यसैले हामीले आजभन्दा १२ वर्षअघि सुरु गरेको स्वाभिमान अभियानलाई एक पटक नयाँ क्षितिजमा लिएर जाने कोसिस गर्दैछौं,’ उनले लेखेका छन्, ‘संसारका विभिन्न देशमा रहेका हाम्रा समूहका साथीहरुले जागरुकता बढाउने समय आएको छ र कतिपय देशमा नयाँ समूह वा टिमहरु बनाउने क्रममा छौं हामी ।’
उनले फेसबुकमा भनेका छन्, ‘सबै कर्महरुको तात्पर्य स्वाभिमान नेपालको एक मात्र गन्तब्यमा हामी एकलब्य छौं । र, सबै साथीहरुलाई एक विशेष तयारीसाथ स्वाभिमान विश्व सम्मेलनका लागि आह्वान गरिरहेका छौं । थप सूचनाहरु क्रमशः । जय स्वाभिमान ।’ नेपालमा जय स्वाभिमानको नारा लगाएर उनी विदेश हानिएपछि उनको खुबै आलोचना भएको थियो ।
सत्यपाटी । काठमाडौं ।