सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघका विधि र विधान विपरितका क्रियाकलाप रोक्न माग

नेपाल बिद्यार्थी संघ बाँकेले विधि र विधान विपरित क्रियाकलाप गरेको भन्दै नेपाली कांग्रेस बाँकेमा ज्ञापन पत्र बुझाइएको छ । पार्टी सभापतिलाई सम्बोधन गरिएको उक्त ज्ञापन पत्र उपसभापति कृष्ण कार्कीलाई बुझाइएको छ ।

नेपाल बिद्यार्थी संघका लुम्बिनी प्रदेश सदस्य हिमबहादुर शाह, नेविसंघ बागेश्वरी क्याम्पस कोहलपुरका सचिव उपेन्द्रबहादुर बिष्ट, नेविसंघ नेता मनोज ओली र युवराज विष्टले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

Gyapan patra1657772681.jpg

‘नेपाल बिद्यार्थी संघको विधि र विधान विपरित भइरहेको यस्ता क्रियाकलाप साथै नेपाल बिद्यार्थी संघ बाँकेले संगठनको विधि विधान विपरित नेपालगन्जको नेशनल इन्जिनियरिङ कलेजमा इकाई अधिवेशन गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, यस्ता विधान विपरितका क्रियाकलाप नगर्न, नगराउन सभापति समक्ष जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १८:५९