नेपालगन्जका दुई जना अधिवक्ताले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।
पुनरावेदन बार एशोसियशन नेपालगन्जका पुर्वअध्यक्षद्धय सुरेश पौडेल र सुनिलकुमार श्रेष्ठले वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन् ।
श्रेष्ठ नेपाल बारको निर्वतमान वरिष्ठ उपाध्यक्ष पनि हुन् । श्रेष्ठले नेपालगन्जमा र नेपालगन्ज निवासी पौडेलले हाल काठमाडौंमा वकालत गर्दै आएका छन् ।
सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय अनुसार उनीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको हो ।
सत्यपाटी । बाँके ।