सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

अबको तीन दिन लगातार झरी पर्ने सम्भावना छैन : मौसमविद्

सतर्कता अपनाउन भने मौसमविद्को आग्रह

काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

मध्य र पूर्वी क्षेत्रमा अहिले घाम लागे पनि पश्चिमका केही ठाउँमा भने हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अबको तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । तर, मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भने मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार ०७:३३