सूचनाको शक्ति - The Power Of Information

        

आज गुरुपूर्णिमा

ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदै गुरुपूर्णिमा

ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ ।

आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । बुधबार ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदैछ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ ।

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्यको मुख्य भूमिका रहने मानिएको छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । गुरुलाई माता र पितापछिको स्थान दिइएको छ । यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । ‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्,’ स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन् ।’

बुधबार नै पुराणकाब रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ । व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन् । बबुधबार पूर्णिमा तिथि ४७ घडी ४४ पला अर्थात् मध्यरात १२ बजेर २४ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०७:२६