सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको १७ हजार हेक्टर जमिनमा सिक्टाको पानी

बाँकेको १७ हजार हेक्टर जमिनमा सिक्टाको पानी पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर र पूर्वी नहरको केही क्षेत्रमा पानी दिएपछि अहिले सो नहरकै कारण १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका निर्देशक डा.सन्तोष कैनीले जानकारी दिए ।

उनले आयोजनाको नहरमा पानी छोडिएपछि बाँके जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र ती क्षेत्रमा केही समयअघिदेखि नै धमाधम रोपाइँ भइरहेको बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १९:१९