सूचनाको शक्ति - The Power Of Information

        

डिभिजन वन कार्यालय बाँकेले बाँड्यो निःशुल्क विरुवा

डिभिजन वन कार्यालय बाँकेले सोमबारबाट निःशुल्क विरुवा वितरणको काम सुरु गरेको छ । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालको प्रमुख आथित्यतामा सर्बसाधारणलाई विरुवा वितरण गरिएको हो ।

सो क्रममा सागवान, मसाला, बकाइनो, निम, जामुन, सितलचिनी, इपिल इपिल लगायत प्रजातीका विरुवा वितरण गरिएको डिभिजन वन कार्यालय बाँकेका रमेश बुढाथोकीले जानकारी दिए ।

सर्बसाधारणलाई १ लाख ४५ हजार विरुवा वितरण गर्ने कार्यालयको योजना छ । सो क्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्ण, वन कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १९:१६