द आर्ट अफ लिभिङ नेपालगञ्जले बाँकेको बाल सुधार गृहमा वृक्षारोपण गरेको छ ।
डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको सुधार गृहमा आयोजना गरिएको नव चेतना शिविरको समापनको अवसरमा मंगलवार वृक्षारोपण गरिएको हो ।
जिल्ला न्यायाधीश षडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्र्रमुख गोविन्दप्रसाद पाण्डे, आर्ट अफ लिभिङ नेपालगञ्जका संयोजक संजय थापा, अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्तराज काफ्ले, बाल सुधार गृहका जग्गादाता जय किसन सिंहलगायतले वृक्षारोपण गरेका थिए ।
डिभिजन वन कार्यालय बाँके र हरित अभियन्ता काफ््लेले सितल चिनी, जामुन, लगायतका विभिन्न थरीका ४५ वटा विरुवा सहयोग गरेका थिए ।
यसैबीच बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरे ।
सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् ।
सत्यपाटी । बाँके ।