सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

असार ३० गते बिहिबारसम्म देशको यी क्षेत्रमा अत्याधिक धेरै पानी पर्ने

सतर्क रहन मौसमविद्को आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  साथै प्रदेश १, गण्डकी , सुदूरपश्चिम तथा लुम्बिनी  प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

असार २८ गते (मंगलबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असार २९ गते (बुधबार)

दिउँसो :  देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असार ३० गते (बिहिबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार ०७:४४