त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने विभिन्न संघसंस्था र वायुसेवा कम्पनीहरूले तिर्नुपर्ने बक्यौता करिब पौने दुई अर्ब रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस्तो बक्यौता १ अर्ब ७३ करोड ९८ लाख ५४ हजार ६ सय ६२ रुपैयाँ पुगेको हो ।
भुक्तानी हुन बाँकी रहेको बक्यौता रकम २०७८ असारदेखि ०७९ जेठ मसान्तसम्मको भएको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेका १८ वटा सरकारी निकायहरूको बाँकी बक्यौतामात्र ५७ करोड ५ लाख पुगेको छ । यसमध्ये भन्सार विभागको मात्र ५६ करोड रुपैयाँ रहेको छ ।
सञ्चालनमा रहेका २० वटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको १६ करोड ६७ लाख, सञ्चालनमा नरहेका १९ वटा अन्तर्राष्ट्रिय वायुयानतर्फ २५ करोड ५१ लाख, सञ्चालनमा नरहेका ११ आन्तरिक वायुयान कम्पनीतर्फ ७ लाख ४६ हजार, विमानस्थलमा सञ्चालनमा रहेका विभिन्न ४५ संघसंस्थाको ५१ करोड ३७ लाख, सञ्चालनमा नरहेका ४९ संघसंस्थाको १५ करोड ४२ लाख बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।