सूचनाको शक्ति - The Power Of Information

        

यातायात व्यवस्था विभाग

बढ्यो सार्वजनिक यातायातको भाडादर हेर्नुहोस (सूचीसहित)

यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि

सार्वजनिक यातायातको भाडादर बढेको छ ।

सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १९:१६