प्रतिनिधि सभाको आज साेमवार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।
याे विधेयकमाथि बैठकमा छलफल भइ उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।
सत्यपाटी । काठमाडौँ ।