सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्रको उदघाटन

नेपालगञ्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । उक्त केन्द्रको सोमवार एक कार्यक्रमका बीच स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले उदघाटन गरेका हुन् ।

करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको लायन्स पूर्व डिष्ट्रिक गभर्नर शेम शाक्यले बताए । त्यसमा लायन रामनारायणको परिवारबाट करिब १२ लाख बाँकी स्रोत लायन्स मेम्बर तथा क्लबहरुबाट जुटाइएको उनको भनाइ छ ।

स्वास्थ्यकर्मी समेत रहेका लायन शाक्यले केन्द्रबाट बजारमा गरिने परीक्षण भन्दा ५० प्रतिशत कम शुल्कमा रक्त परीक्षण गर्ने जानकारी दिए ।

उनले सेवा केन्द्रबाट लिभर, किड्नीको फङ्सन परीक्षण हुने बताए । केन्द्रमा २ जना कन्स्लटेन्ट चिकित्सकले सेवा समेत दिने उनको भनाइ छ ।

मधुमेहका बिरामी बढ्दै गएपछि उनीहरुलाई लक्षित गरेर छुट्टै अस्पताल स्थापना गरिनु उपलब्धीपूर्ण रहेको मन्त्री केसीले बताए । उनले लायन रामनारायणले अस्पताल निर्माणका लागि पु¥याएको योगदानको उच्च प्रशंसा गरे ।

कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त विष्टले अस्पताल सञ्चालनमा आउनु सुखद कुरा भएको भन्दै उपमहानगरबाट हुनसक्ने आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

पछिल्लो समय परिर्वतित जीवनशैलीका कारण लाखौँ मानिसहरुमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १९:०१