सूचनाको शक्ति - The Power Of Information

        

सिकलसेल परीक्षण गर्न मेसिन अभाव

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

सिकलसेल तथा थालेसिमियाका बिरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेका छन् । यसको पहिचानका लागि मेसिनको अभाव देखिएको छ ।

स्वास्थ्य कार्यालयले हालै राप्तीसो नारी ४ मा ५७२ जनाको र गतको नमुना जाँच गर्दा ९६ जना सिकलसेल तथा थालेसिमियाका बिरामी तथा वाहक पहिचान भएका छन् । उनीहरूका लागि गाउँमै उपचार तथा परामर्शका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

विशेषगरी थारू समुदायमा यो रोग अझै पनि लुकेर रहेका कारण यसको पहिचानका लागि व्यापक स्वास्थ्य परीक्षण आवश्यक पर्ने सिकलसे लको परीक्षण तथा उपचारमा लामो समयदेखि सक्रिय भेरी अस्पतालका चिकित्सक डा.राजन पाण्डेले जानकारी दिए । भेरी अस्पतालमा रहेको एकमात्र मेसिनबाट रगत परीक्षण गरी सिकलसेल तथा थालेसिमिया रोगको पहिचान गर्न कठिनाइ हुने चिकित्सकको भनाइ छ ।

जन्मनेबित्तिकै अनिवार्य यसको परीक्षण हुने हो भने दोस्रो व्यक्तिमा सङ्क्रमण नहुने चिकित्सकको भनाइ छ । गाउँगाउँमा रगतको नमुना परीक्षण गर्नुपर्ने भएकाले मेसिन पनि थप्नुपर्ने चिकित्सकको सुझाव छ । ‘यस रो मा १५ देखि १८ प्रतिशत पहिले नै लुकेको अवस्था छ,’ डा.पाण्डेले भने, ‘विवाहपूर्व अनिवार्य यसको जाँच गरी कुण्डली मिलाएर मात्रै विवाह गर्ने हो भने पनि सङ्क्रमण दर न्यून हुनेछ ।’

नेपालमा मलेरिया रोग भएको तराई क्षेत्रमा बसेका कारण थारू समुदायका धेरैमा यो रोग देखिएको भए पनि अन्य समुदायमा पनि देखिएको डा.पाण्डेले जानकारी दिए । भेरी अस्पतालमा करिब चार हजार बिरामी सम्पर्कमा आएकोमा ८८४ जना नियमित उपचारमै छन् । केही समयअघिसम्म सिकलसेललाई बाथ, जन्डिस, पेट दुख्ने, मलेरिया लगायतको नाममा उपचार भइरहेकोमा हाल भने सरकारले उपचारका लागि एक लाख रुपैयाँ सहयोगसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १५:०६