सूचनाको शक्ति - The Power Of Information

        

मेरो प्लानेटमा डुबेर बालकको मृत्यु

नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १४ स्थित मेरो प्लानेटमा रहेको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ११ का १४ वर्षीय अल्तमस जसगढको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो १२ बजे जसगढको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मेरो प्लानेटका केही कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार १९:५९