सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनकाे दक्षिणी शहरमा रुसकाे आक्रमण जारी, अधिकांश भवन ध्वस्त

रुसले युक्रेनकाे दक्षिणी शहरहरुमा आक्रमण जारी राखेकाे छ ।

रुसले युक्रेनको दक्षिणी शहरमा मिसाइल र रकेट आक्रमण गर्दा त्यहाँका अधिकांश भवनहरु समेत ध्वस्त भएका हुन् । युक्रेनको डोनेट्स्क क्षेत्रको सिभर्सक शहरमा भएको साेही आक्रमणले सर्वसाधारणमा कोलाहल मच्चिंएको थियो ।

सोही शहरको एक सुपरमार्केट लक्षित आक्रमणका क्रममा केही मानिसको मृत्यु भएको र थुप्रै घाइते भएका त्यहाँका संचार माध्यमले जनाएका छन् ।

सोही शहर कब्जा गर्ने दाउमा रहेको रुसी सेनालाई युक्रेनी सेनाले प्रतिकार गरिरहेको छ भने शहरका बासीन्दालाई अन्यत्र जान अपील गरिएको छ ।

युक्रेनको प्रमुख निर्यात केन्द्र ओडेसा जाने मुख्य मार्गबाट रुसी सेनालाई युक्रेनी सेनाले रोक्दा दुवैतर्फबाट गोलाबारी जारी रहेको बताइएको छ । यसैबीच पछिल्लो समय रुसले युक्रेनको खेरसन शहर पूर्णरुपमा नियन्त्रणमा लिएको छ।

सोही शहरका सर्वसाधारणलाई रुसी सेनाले अन्य शहरमा जान मार्ग प्रसस्त गरे अनुसार सयाैं नागरिकहरु पलायन भएका छन्।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार ०८:१३