सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

पाकिस्तान बाढीको चपेटामा परेकाे छ ।

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्।

गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् ।

भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौं घर डुबानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् ।

पाकिस्तानमा जुन महिनादेखि जारी वर्षा र बाढीका कारण हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरु केही समयका लागि बन्द गरिएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार ०८:११