सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको ६ पालिकामा वनबाली र बागवानी विरुवा वितरण

डिभिजन वन कार्यालय बाँकेले शुक्रबार जिल्लाका ६ पालिकामा वनवाली र बागवानी विरुवा वितरण गरेको छ ।

‘एक गाउँपालिका एउटा नमूना कृषि वन कार्र्यक्रम’ अनुसार किसानहरुकको माग अनुसार नेपालगञ्ज उपमहानगरपालिका, ६ वटा गाउँपालिकामा वनवाली र फलफूलका बिरुवाहरु बितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १५, डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनिया, जानकी गाउँपालिकाको वडा नम्बर ४, खजुरा गाउँपालिकाको वडा नम्बर १, कोहलपुर नगरपालिकाको वडा नम्बर ४ र बैजनाथ गाउँपालिकाको वडा नम्बर ८ मा वनवाली र बागवानी विरुवा वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रत्येक गाउँपालिकालाई कृषि नमूना पालिका बनाउने उद्देश्यले एउटा पालिकामा १० हेक्टर क्षेत्रफलमा १६ हजारका दरले बिरुवा बितरण गरिएको डिभिजन बन कार्यालय बाँकेका सहायक वन अधिकुत गणेशबहादुर खड्काले जानकारी दिए ।

वनबालीमा मसला, कोइरालो, टाकी र मोरिङ्खा, बागबानीमा आँप लिचि, मेवा, ड्राइगन, अम्बा, कागतीलगायतका विरुवा बितरण गरिएको छ । ती पालिकामा कृषि वन प्राविधिक र महिला सहजकर्ताको सहयोगमा कृषि वन समूह गठन गरी विरुवा बितरण गरिएको हो ।

वन कार्यालयले वनवाली करीब ५ लाख बिरुवा आफूले उत्पादन गरेको छ भने ४५ हजार विरुवा खरिद गरेको छ । त्यस्तै बागवानीका विरुवा २५ हजार ३ सय ८० खरिद गरेको खड्काले बताए ।

आगामी आर्थिक वर्षमा जिल्लामा एक सय हेक्टर वन क्षेत्रमा बृक्षारोपण गर्ने योजना बनाएको छ । सामुदायिक तथा नीजि वन क्षेत्रमा उक्त बृक्षारोपण गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख अजित कुमार कर्णले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार २०:०२