सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बलात्कार मुद्दामा पुर्पक्षका लागि तीनजना कारागार चलान

बाँकेको राप्तीसोनारीका १६ वर्षीया किशोरीलाई मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये तीन जनालाई मुद्दा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

दुई जना किशोरलाई बाल सुधार केन्द्रमा पठाइएको छ भने बलात्कार घटनामा सहयोग पुर्याउनेमध्ये नाबालिकलाई अभिभावकको जिम्मा र एक जनालाई धरौटी राखेर छाडिएको छ ।

बाँके जिल्ला अदालतले मुद्दाको सुनुवाइ गर्दै बलात्कार अभियोगमा पक्राउ परेका बैजनाथ ८ पिपरी गाउँमा बिक्रान्त, राजकुमार र निराजन थारुलाई कारागारमा राखी मुद्दा पुर्पक्षमा राख्ने आदेश दिएको हो ।

यस्तै, बलात्कार अभियोगमा पक्राउ परेका प्रविण र हेमराज थारु नाबालिक रहेकाले सुधार केन्द्रमा राख्ने अदालतले आदेश दिएको धनौली प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए ।

उनका अनुसार बलात्कारपछि किशोरीलाई मोटर साइकलमा घर पुर्याउन जाने निर्देशन थारुलाई अभिभावकको जिम्मा लगाइएको छ भने अर्का विश्वनाथ थारुलाई १ लाख ८ हजार धरौटीमा छाडिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् चिनजान भएपछि जेष्ठ २१ गते आफ्नो जन्मदिन मनाउन बाँके बैजनाथ गाउँपालिका ८ झिगौरा गाउँका हेमराज थारुले बाँके राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई जेष्ठ २१ गते आफ्नो जन्मदिन मनाउन बोलाएका थिए ।

जन्मदिन मनाउन आएकी उनलाई बाँके र बर्दियाका विभिन्न स्थानमा लगेर ७ जनाले बलात्कार गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १९:५७