सूचनाको शक्ति - The Power Of Information

        

विवाहको पूर्वसन्ध्यामा अभिनेत्री नीता ढुंगानाले लगाइन् मेहन्दी

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् ।

सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी नीताले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । बुधबार नीताले हल्दी कार्यक्रम सकेर मेहन्दी लगाएकी छिन् ।

मेहन्दी कार्यक्रममा केही अभिनेत्रीहरूका साथै केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । मेहेन्दी समारोहमा नीताले प्रिन्टेड लेहेंगा लगाएकी थिइन् ।

उनले बुधबार मेहन्दी लगाएका तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेकी थिइन् ।

चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडी विवाहमा परिणत हुन लागेको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ०९:१६