अधिवक्ता कपिल शर्मा बैजनाथ गाउँपालिकाको कानुन सल्लाहकारमा नियुक्त भएका छन । गाउँपालिकाले उनलाई मंगलबार कानुनी सल्लाहाकारमा नियुक्त गरेको हो ।
असार १९ गते बसेको कार्यपालिका बैठकले अधिवक्ता शर्मालाई गाउँपालिका भित्र रहेका वडा कार्यालय र गाउँपालिकाको नाममा परेका विभिन्न मुद्दाहरु र आउने विवादहरुको समाधानका लागि गाउँपालिकाको कानुनी सल्लाहकारमा नियुक्त गरेको बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताएका छन ।
अधिवक्ता शर्मा बैजनाथवासी हुन । बैजनाथ गाउँपालिका वडा नम्बर ५ निवासी शर्माले प्रजातान्त्रिक कानुन व्यावसायी संघको विभिन्न पदमा बसेर काम गरिसकेका छन ।
सत्यपाटी । बाँके ।