सरकारले आइतवार देशैभर सार्वजनिक बिदा दिने भएको छ ।
२६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सत्यपाटी । काठमाडौँ ।