सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आयल निगम

हवाई भाडा फेरि बढ्यो, काठमाण्डौ नेपालगञ्जको १३ हजार नाै सय (कहाँकाे कति)

सबैभन्दा धेरै धनगढीको

आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पुर्‍याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको हो । बढेको भाडा भोलि बिहीवारदेखि लागू हुनेछ ।

सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ । यस्तै नेपालगञ्जको १३ हजार नाै सय ८०, सुर्खेतको १४ हजार नाै सय ९५, भद्रपुरको १२ हजार नाै सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १९:१२