सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा ठुलो परिमाणमा अवैध छुर्पी बरामद

सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज १६ जयसपुर नाकाबाट मंगलबार दिउँसो भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ९० हजार रुपैयाँ बराबरको अवैध छुर्पी बरामद गरेको बस्नेतले बताए ।

बरामद गरिएको सबै अवैध छुर्पीलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १९:०७