सूचनाको शक्ति - The Power Of Information

        

नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक जना बेपत्ता

बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएलगत्तै कामीको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १९:०४