सूचनाको शक्ति - The Power Of Information

        

ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ

नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा ११ बस्ने ४० वर्षीय खिट्टन थारु रहेका छन् ।

जमुनाहा प्रहरीले शंका लागेर जाँच गरेको थियो । लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा हातमा आँपको झोलामा लुकाएर राखेको अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिए ।

पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १७:३१