सूचनाको शक्ति - The Power Of Information

        

विवादित बजेट हुबहु पारितमा कसको स्वार्थ ?

आगामी आर्थिक वर्षको बजेट निर्माण क्रममा बिचौलिया प्रयोग गरेर सीमित व्यापारिक घरानालाई मात्र फाइदा पुर्‍याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्काे आलोचना भए पनि गठबन्धन सरकारले बजेटलाई हुबहु पारित गरेको छ ।

संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो छलफलपछि सोमबारसम्म बजेट र यसमा आश्रित सबै विधेयक बहुमतले पारित भएका छन् ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गरिएपछि बजेटले कानुनी रुपमा लिइनेछ । राजस्वका दरबाहेक अन्य सबै कार्यक्रम आगामी साउन १ गते देखि लागु हुनेछन् ।

बजेट निर्माणका क्रममा अर्थमन्त्रीको गैरजिम्मेवार भूमिकाप्रति संसदभित्र र बाहिर सर्वत्र आलोचना हुँदाहुँदै गठबन्धन सरकारले त्यसलाई हुबहु पारित गर्नुले यसमा अर्थमन्त्री शर्मा मात्र संलग्न नभएको संकेत गरेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार ०७:४९