सूचनाको शक्ति - The Power Of Information

        

उदयपुर स्वास्थ्य चौकी नेपालगञ्जकै उत्कृष्ट

नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा नेपालगञ्जकै उत्कृष्ट घोषित भएको छ ।

समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनमा उदयपुर अब्बल देखिएको छ । उदयपुरले न्यूनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक हासिल गरेर उत्कृष्ट बनेको हो ।

त्यस्तै पुरैनी स्वास्थ्य चौकी ८६ प्रतिशत अंक हासिल गर्दै दोस्रो भएको छ । यस्तै खासकारकाँदो स्वास्थ्य चौकीले ८४ प्रतिशत अंक प्राप्त गरेको छ भने जयसपुर र भवनीयापुर स्वास्थ्य चौकीले ८१÷८१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

न्यूनतम सेवा सुधारका निम्ति सबै वडाका व्यवस्थापन समितिले सुधारका लागि सकारात्मक सुझाव तथा योजना बनाएको पाइएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १७:५३