सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सोमवारदेखि बुस्टर डोज खोप लगाउन शुरु

बाँकेमा सोमवारदेखि कोरोना विरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउन शुरु गरिएको छ । १८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर दुई चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

पहिलो चरणमा सोमवारदेखि बुधवारसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाइने छ । अहिलेसम्म बाँकेमा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, हालसम्म ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यस्तै दोस्रो डोज खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ८ सय ९२ रहेको छ ।

बुष्टर डोज लगाउनेको संख्या भने एक लाख ७ हजार ३ सय ६ रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १७:५०