सूचनाको शक्ति - The Power Of Information

        

आगामी तीन दिन कहाँ कहाँ हुँदैछ वर्षा ?

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमी विश्लेषण गरेको छ।

हाल देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०७:५५