सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज आइतबार बस्दैछ ।

बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन विषयमा छलफल हुनेछ ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्ड लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो भने बाँकी अन्य पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार ०८:२५