युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेकाे छ ।
सोही शहर आफ्नो नियन्त्रणमा रहेको दावी दुवै देशले गरिरहेका छन् । रुसी सेनाले त्यहाँ भीषण गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा लागेकाे छ ।
पछिल्लो समय रुसले युक्रेनको भूमि कब्जामा लिने क्रममा जताततै आफ्नाे देशको झण्डा गाड्नुका साथै परेड समेत गर्ने गरेकाे छ ।
लिसिचान्स्कमा पनि रुसी सेनाले गोलाबारीकाबीच परेड गरिरहेको दृश्य सार्वजनिक गरेको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा फेरी क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको मृत्यु भएको थियो ।
सत्यपाटी । काठमाडौँ ।