सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आज धेरै ठाउँमा बिहानै चर्को घाम, दिउँसो हल्का वर्षा हुने

सवाधानि अपनाउन आग्रह

केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ ।

मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानभन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी  पर्ने सम्भावना रहन्छ । अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ ।

यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

राति भने वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति ठूलो  पानी पर्ने हुँदा भिरलो जमिनमा बसोबास गर्नेलाई सवाधानि अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार ०७:५९