सूचनाको शक्ति - The Power Of Information

        

आइतबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर शनिबार एकको करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा पुगेको छ ।

शुक्रबार करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७६ पैसा रहेको डलर बिहीबार खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा थियो ।

मंगलबारपछि निरन्तर बढेको डलरको बुधबारको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा थियो।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार ०७:५४