सूचनाको शक्ति - The Power Of Information

        

पोखरीमा डुबेर बाँकेमा एक बालकको मृत्यु

पोखरीमा डुबेर बाँकेमा एक बालकको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका लच्छु प्रसाद बर्माको १७ वर्षीय छोरा राजन वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित इट्टा भठ्ठाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

बिहीवार दिउँसो नुहाउन गएका बालकले धेरै बेरसम्म पोखरीबाट ननिस्केपछि उनको साथमा गएका केटाहरुले घरमा खबर गरेका थिए ।

लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पोखरीमा खोजी गर्दा बिहीवार अबेर राती शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १७:४६