सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बझाङको सुर्मा गाउँपालिका–२ रातोपडमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सूदूरपश्चिम प्रदेश–०२–००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०९:१५