सूचनाको शक्ति - The Power Of Information

        

शनिबार देखी बाँकेमा राष्ट्रपति रनिङ शिल्ड

आगामी शनिबार देखी बाँकेमा १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ ।

बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहका विद्यालयहरुको सहभागिता रहने छ ।

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता असार २० गते सम्म चल्नेछ । आयोजक बाँके जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा १८ वर्ष मुनिका खेलाडीहरुले भाग लिन पाउने बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए ।

प्रतियोगिताको तयारी प्राविधिक कारणले ढिला हुन गएकोले बाँकेका सम्पुर्ण विद्यालयलाई सहभागितामा लागि अनुरोध गरिरहेको बताउँछन कार्यालय प्रमुख श्रेष्ठ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०८:३४