नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्र नेपालगन्जले ७३ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल मानव धर्मले शिक्षा अभियानअन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
नेपाल मानव धर्मले बिहीबार नेपालगन्ज उप-महानगरपालिका-२०, मनिकापुर नयाँ बस्तीमा रहेको श्री रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पुगेर त्यहाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त संस्थाले बालबालिकालाई आवश्यक पर्ने ब्याग तथा स्टेशनरी सामान वितरण गरेको हो ।
उक्त स्टेशनरी नेपालगन्ज उप-महानगरपालिका-१८, कारकाँदोमा रहेको चौलानी पुस्तक पसलले उपलब्ध गराएको थियोे ।
नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती नेपालगन्जको म. चादना बाइजी, नेपालगन्ज उप-महानगरपालिका -२० का वडा अध्यक्ष कौषल कुमार धोबि, विद्यालयका प्रधानाध्यापक भावना शाहलगायतको उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सत्यपाटी । बाँके ।