नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार बिहीबार एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा थियो ।
निरन्तर बढेको डलर शुक्रबार एकको करिददर १२६ रुपैयाँ ०६ पैसा र विक्रीदर १२६ रुपैयाँ ६६ पैसा पुगेको छ ।
बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सत्यपाटी । काठमाडौँ ।