सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर बालकको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार थारुसँगै रहेका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १०:४४